संजिवनी नेपाल कंचनपुरको ३ दिने पैरवी क्षमता र अवस्था बारे बिश्लेषण सुचक गोष्ठी सम्पन्न
USAID/FHI360 को सहयोग तथा NNSWA कंचनपुरको सहजीकरणमा ३ दिने पैरवी बिश्लेषण सुचक गोष्ठी सोमबार समपन्न भएको छ ।गोष्ठीमा संजिवनी नेपाल कंचनपुरको पैरवी क्षमता र अवस्था बारे बिश्लेषण गरिएको CS:MAP परियोजना प्रबन्धक बिनोद बिक्रम जैरुले जानकारी दिनुभयो । संजिवनी नेपालले कंचनपुर ,डडेल्धुरा र बैतडी जिल्लामा स्वास्थ्य , कृषि र शिक्षाको क्षेत्रमा " नागरिक समाज पारस्परिक जवाफ देहिता परियोजना " संचालन गरिरहेको सस्थाका परियोजना प्रवन्धक नितु भट्टले बताउनु भयो । ३ दिवसीय गोष्ठीमा सहभागीहरुको क्षमतामा अभिवृद्धि भएको र सिकाई प्रभावकारी भएको सहभागीले बताए । कार्यक्रममा CS:MAP परियोजना प्रवन्धक बिनोद बिक्रम जैरु, परियोजनाका क्षमता बिकास अधिकृत द्वय देबराज बडु र पारस गिरीले सहजीकरण गरेका थिए । यस कार्यक्रम बाट प्रक्रिया बद्ध रूपमा पैरवी गर्न सिकाई भएको संजिवनी नेपालका CS:MAP परियोजनाका कार्यक्रम सह अधिकृत राजेन्द्र चुनाराले बताउनु भयो । गोष्ठीको समापन कार्यक्रममा सस्थाका कार्यक्रम अधिकृत नितु भट्ट , स्वयंसेवक कल्पना ऎरी र सचिव शिला रैका लगायतले आ-आफ्नो मनतब्य राखेका थिए ।