Posts

Showing posts from June, 2018

संजिवनी नेपाल कंचनपुरको ३ दिने पैरवी क्षमता र अवस्था बारे बिश्लेषण सुचक गोष्ठी सम्पन्न

Image
USAID/FHI360 को सहयोग तथा NNSWA कंचनपुरको सहजीकरणमा ३ दिने पैरवी बिश्लेषण सुचक गोष्ठी सोमबार समपन्न भएको छ ।गोष्ठीमा  संजिवनी नेपाल कंचनपुरको पैरवी क्षमता र अवस्था बारे बिश्लेषण गरिएको CS:MAP परियोजना प्रबन्धक बिनोद बिक्रम जैरुले जानकारी दिनुभयो । संजिवनी नेपालले कंचनपुर ,डडेल्धुरा र बैतडी जिल्लामा स्वास्थ्य , कृषि र शिक्षाको क्षेत्रमा " नागरिक समाज पारस्परिक जवाफ देहिता परियोजना " संचालन गरिरहेको सस्थाका परियोजना प्रवन्धक नितु भट्टले बताउनु भयो । ३ दिवसीय गोष्ठीमा सहभागीहरुको क्षमतामा अभिवृद्धि भएको र सिकाई प्रभावकारी भएको सहभागीले बताए । कार्यक्रममा CS:MAP परियोजना प्रवन्धक बिनोद बिक्रम जैरु, परियोजनाका क्षमता बिकास अधिकृत द्वय देबराज बडु र पारस गिरीले सहजीकरण गरेका थिए । यस कार्यक्रम बाट प्रक्रिया बद्ध रूपमा पैरवी गर्न सिकाई भएको संजिवनी नेपालका CS:MAP परियोजनाका कार्यक्रम सह अधिकृत राजेन्द्र चुनाराले बताउनु भयो । गोष्ठीको समापन कार्यक्रममा सस्थाका कार्यक्रम अधिकृत नितु भट्ट , स्वयंसेवक कल्पना ऎरी र सचिव शिला रैका लगायतले आ-आफ्नो मनतब्य राखेका थिए ।

कोरियामा राजकुमारको उत्कृष्ट प्रद्श:स्वर्ण पदक बिजेता

Image
 स्वर्ण पद्क, बिजेता नेपाली टोली  काठमाडौं , ३१ मे बाट ४ जुलाई सम्म भएको  ११औं र ३१ औ कोरियन ओपेन्न च्याम्पियन कराते  बुसान मायोर्स कप अन्तरास्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट  सहभागी हुनु भएका खेलाडी राजकुमार रसाइलीले स्वर्ण पद्क जित्नु सफल  हुनु भएको छ। राजकुमारले पहिलो फाइट चीन दोस्रो फाइट सेनगल तेस्रो गर्दै अन्तमा कोरियाली खेलाडीलाई पराजित गर्दै राजकुमार बिजेता बनु भयो। नेपालबाट सहभागी जनाएका दुई जना खेलाडीहरुले नै स्वर्ण पद्क जित्नु  सफल हुनु भएका छन। नेपाली टोलीको नेतृत्वको रुपमा नेपाल वादोकाइ करातेका  महेश  महर्जनले  सहभागीता जनाउनु भएको थियो ।करातेले एक पछि अर्को गर्दै राष्ट्रिय स्थारमा आफ्नो नाम उच्च राख्ने सिलसिलामा फेरि अर्को फड्को मारेको छ राजकुमारले यो भन्दा पहिला  साफ गेम २०१४ का स्वर्ण  पदक बिजेता हुन। अन्तरास्ट्रिय स्वर्ण पद्क जित्न सफल भएका राजकुमारलाई हार्दिक बधाई साथ आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट प्रद्शको अपेक्षा गर्द्छौ।