Posts

Showing posts from January, 2019

३ महिने सिलाई कटाई तालिम सम्पन्न

Image
  काठमाडौं, १२ माघ घरेलु तथा साना उद्योग कार्यालय कंचनपुरको आयोजनामा भिमदत्त नगरपालिका वडा नम्बर -०४ बजारमा संचालन गरिएको भगत सर्वजित कार्यक्रम अन्तर्गतको तीन महिने सिलाईकटाई तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कंचनपुरका उद्योग अधिकृत (कार्यालय प्रमुख ) खेम प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रमुख अतिथि भिमदत्त नगरपालिका न्यायीक समिति सदस्य सन्तोषी साउद ऎरि रहेकी थिईन । तालिम कार्तिक १२ गतेदेखि  संचालन गरिएको थियो । तालिममा १४ जना महिला र ६ जना पुरुष गरि २० जनालाई  प्रशिक्षण दिएको घरेलु कार्यालयका तथ्यांक सहायक वेद प्रसाद चौधरीले जानकारी दिनुभयो । तालिमको प्रमुख प्रशिक्षक हरिहर परियार हुनुहुन्थ्यो भने सहायक प्रशिक्षक मिना परियार हुनुहुन्थ्यो । प्रशिक्षक परियार महेन्द्रनगरकै लोकप्रिय सिटि  टेलरिङ्ग सेन्टरका प्रोपराईटर समेत हुन् । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल रमेश प्रसाद जोशी , तथ्यांक सहायक वेद प्रसाद चौधरी , सिलाईकटाई तालीमका मुख्य प्रशिक्षक हरिहर परियार लगायतको उपस्थिति रहेक

चौथो जुनियर बेल्ट ग्रेडिङ्ग सम्पन्न

Image
काठमाडौं , राष्ट्रिय गोजुरियो कराते दो संघ - नेपाल , शाखा कंचनपुर अन्तर्गतको उपशाखा मन्जित दोजो , पुर्नवास नगरपालिका -१० बिकासबस्तीको चौथो जुनियर बेल्ट टेष्ट ग्रेडिङ्ग कार्यक्रम आईतबार सम्पन्न भएको छ । डोजो कार्यसमितिका अध्यक्ष कृष्ण दत्त पन्तको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय सचिव एवम् कंचनपुर जिल्लाका अध्यक्ष बिष्णु प्रसाद कडेल हुनुहुन्थ्यो भने बिशेष अतिथिमा पुर्नवास नगरपालिका वडा नम्बर -१० का अध्यक्ष सुकदेव राना ,११ का तुलसी अर्याल ,  महाकाली यातायात ब्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सिह भाट , कंचनपुरका समाजसेवी लब बिष्ट रहनु भएको थियो । बेल्ट टेष्ट कार्यक्रममा खेलाडीहरुले डेमोष्ट्रेसन समेत प्रदर्शन गरेका थिए । दोजो प्रशिक्षक नरेन्द्र गुरुङले संचालन गरेको कार्यक्रममा कराते संघका सुदुर पश्चिम प्रदेश प्रमुख प्रशिक्षक लालबहादुर राना , कंचनपुर जिल्ला प्रमुख प्रशिक्षक कृष्ण तिरुवा , युवा खेलप्रेमी ब्यतित्व नरेन्द्र थापा , लालझाडी युवा क्लबका अध्यक्ष लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा प्रमुख अतिथि कडेलले खेलाडीहरु राष्ट्रका गहना भएकोले ग्राम