Posts

Showing posts from April, 2019

रसाईली दाजुभाईको उत्कृष्ट प्रदर्शन

Image
काठमाडौं , दाङ तुलसीपुरमा२०७६/१/६बाट १० गते सम्म भएको नेसन्ल गेम्म अन्तर्गत राष्ट्रिय करातेँ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रदेश नम्बर :४ को नेतुत्व गर्दै नवीन रसाईलिले ६७ तौल समुहमा स्वर्ण पदक जित्न सफल भएका थिए भने उक्त गेम्ममा नवीन रसाईलिका दाजु राजकुमार रसाईलिले ६०तौल समुहमा रजत पदक जित्न सफल भएका थिए । बाग्लुङ घर भएका दाजुभाई हाल बालाजु बसोबास गर्दै आएका रसाईलि सम्पुर्ण पारिवारिक अवस्था दैनिय बाब्जुत पनि नवीन रसाईलीले साउथ एसिएन च्याम्पियनसिपमा ३ पटक स्वर्ण जिते सफल भएका नबिनले आफ्नो कराते जिवनमा एक पछि अर्को गर्दै प्रगतिको शिखर चुम्दै यो स्थर सम्म पुगेका छन।राजकुमारले पनि कोरियामा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पद्क बिजेता भएका थिए । नेपालको गरिमा मय स्तरको राष्ट्रिय प्रतियोगितामा बाग्लुङला रसाईली दाजुभाईले देशको साथै परिवारको सान बढाएका छन।रसाईली दाजुभाईलाई उत्तर उत्तर प्रगतिको साथै बधाई तथा आगामी दिनहरुको लागि सफलताको कामना गर्द्छौ।

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु

Image
 काठमाडौ,चैत२५  सन्जिबनी नेपालले  FHI-360 को आर्थिक सहयोगमा बिगत तीन वर्ष देखि संचालन गरिरहेको नागरिक समाज : पारस्परिक जवाफ देहिता परियोजना  (CS: MAP ) संचालन गरिरहेको छ ।यसै अन्तर्गत  निरन्तर रूपमा आफ्नो सस्थाको क्षमता अभिवृद्धि गर्नका लागि सस्थागत क्षमता  विश्लेषण कार्यक्रम आजदेखी महेन्द्रनगरमा शुरु भएको छ । कार्यक्रममा सस्थाका पदाधिकारी , परियोजनाका कर्मचारीको सहभागीता रहेको कार्यक्रम सह अधिकृत राजेन्द्र चुनाराले बताउनु भयो  । चार दिन सम्म चल्ने कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघका सस्थागत क्षमता अधिकृत द्वय पारस गिरी र देवराज बडुले सहजीकरण गरिरहनु भएको छ । वार्षिक रूपमा आफ्नो सस्थाको लेखा जोखा गर्दै सस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहभागी भई गरिएको छ्लफल तथा बिश्लेषणका आधारमा सुधार योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सस्थाका कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनुभयो । सस्थाहरुको रणनीति बनाई कार्यान्वयन गर्ने उद्देश्यले यस्ता कार्यक्रम संचालन गरेको अधिकृत पारस गिरीले बताउनु भयो ।