सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु

 काठमाडौ,चैत२५
 सन्जिबनी नेपालले  FHI-360 को आर्थिक सहयोगमा बिगत तीन वर्ष देखि संचालन गरिरहेको नागरिक समाज : पारस्परिक जवाफ देहिता परियोजना  (CS: MAP ) संचालन गरिरहेको छ ।यसै अन्तर्गत  निरन्तर रूपमा आफ्नो सस्थाको क्षमता अभिवृद्धि गर्नका लागि सस्थागत क्षमता  विश्लेषण कार्यक्रम आजदेखी महेन्द्रनगरमा शुरु भएको छ । कार्यक्रममा सस्थाका पदाधिकारी , परियोजनाका कर्मचारीको सहभागीता रहेको कार्यक्रम सह अधिकृत राजेन्द्र चुनाराले बताउनु भयो  । चार दिन सम्म चल्ने कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघका सस्थागत क्षमता अधिकृत द्वय पारस गिरी र देवराज बडुले सहजीकरण गरिरहनु भएको छ । वार्षिक रूपमा आफ्नो सस्थाको लेखा जोखा गर्दै सस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहभागी भई गरिएको छ्लफल तथा बिश्लेषणका आधारमा सुधार योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सस्थाका कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनुभयो । सस्थाहरुको रणनीति बनाई कार्यान्वयन गर्ने उद्देश्यले यस्ता कार्यक्रम संचालन गरेको अधिकृत पारस गिरीले बताउनु भयो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !