दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

 नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ , कालिकोटले संचालन गरिरहेको नेपालमा जातीय भेदभाव विरुद्ध सामुहिक आवाज र कार्यको लागि सहयोग ,साझा आवाज परियोजना अन्तर्गत नरहरिनाथ गाउँपालिकाका २० जना युवायुवतीलाई विभिन्न सिपमुलक तालीम दिई स्वरोजगार बनाउने उद्देश्यले नरहरिनाथ गाउँपालिका संगको साझेदारीमा आयोजना गरिएको तालिम तथा सीपमूलक ब्यवसायको सोमबार सदरमुकाम मान्मा बजारमा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको छ। एनएनडिएसड्ब्लुओ कालिकोटका अध्यक्ष जय बहादुर बिकको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की रहनु भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका सचिव रंगलाल देवकोटा , घरेलु तथा साना उद्योग बिकास समितिका लालबहादुर बुढा , हेल्भेटासका सन्तोष कुमार जिरेल , नरहरिनाथ गाउँपालिका स्तरीय दलित संजालका अध्यक्ष मकर सिंह दर्जी , पत्रकार रमेश रावल , आयोजक सस्थाका सचिव अनिपाल बिक , सदस्य देउराम बिक लगायतको उपस्थिति रहेको थियो । परियोजनाले विभिन्न पाँच बिधामा तालिम संचालन गर्ने जिल्ला परियोजना सयोजक बिर तिरुवाले जानकारी दिनुभयो । गाउँपालिकाको ४ लाख र परियोजनाको ६ लाख ९० हजार नौ सय त्रिपन्न गरि  कुल बजेट १० लाख ९० हजार नौ सय त्रिपन्न रहेको छ । जसमा स्काईभेटर अपरेटिङ्ग तालिममा २ लाख १४ हजार चार सय , गाडी ड्राइभिङ्ग तालिममा १ लाख ३७ हजार ६ सय , मोटरसाइकल मर्मत तालिममा २ लाख २८ हजार , गाडी मर्मत तालिममा २ लाख ५६ हजार , कम्प्युटर तालिममा १ लाख ७२ हजार  , सहभागी छनौट प्रक्रियामा , १३ हजार ८ सय पचास , कोटेशन आव्हानमा १७ हजार ५ सय तथा  तालिम उद्घाटन तथा सरोकारवाला निकायहरु संग सहकार्यमुलक अन्तर्कृया तथा सिकाई कार्यक्रममा ५१ हजार ६ सय तीन रुपैया बिनियोजन गरिएको छ । कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी कार्कीले तालिमपछि ब्यवहारमा लागु गर्न जोड दिनुभयो । " तालिम लिनु ठुलो होईन यसको प्रयोग गरि आयाअर्जन गर्दै जिबिकोपार्जन गर्न सफल हुनुहोस् " उहाँले भन्नुभयो । दलित संजालका अध्यक्ष मकर सिंह दर्जीले गाउँका युवायुवतीलाई प्राबिधिक शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकाको बजेट  अन्यत्र खर्च नगरी परियोजना संग समन्वय गरि कार्यक्रम गरेको बताउनु भयो ।
साझा आवाज परियोजनाका जिल्ला परियोजना सयोजक बिर तिरुवाले दलित समुदायको आर्थिक अवस्था अत्यन्तै विपन्न भएकोले आयाअर्जन गरि स्तरोन्नतिको लागि यस्तो कार्यक्रम संचालन गरिएको बताउनु भयो । अरु तालिममा पुरुष मात्रै भएको र कम्प्युटर तालीममा हामीले एसईई पास भएको वा एसईई दिएर बसेका महिला मात्रै छनौट गरेको छौ  सयोजक तिरुवाले भन्नुभयो ।  ब्यवसायिक तालीम पश्चात तालिममा सहभागीहरुलाई विभिन्न निकाय संग समन्वय गरि स्वरोजगार बन्न पहल गरिने जिल्ला परियोजना  सयोजक तिरुवाले बताउनु भयो । कार्यक्रमको संचालन परियोजनाका फिल्ड अधिकृत कृष्ण तिरुवाले गरेका थिए । साझा आवाज परियोजना कालिकोट जिल्लामा बिगत डेढ वर्ष देखि संचालन भईरहेको छ ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु