Posts

Showing posts from February, 2019

प्रदेश स्तरीय फुट्बल प्रतियोगिता कंचनपुर सुरु

Image
काठमाडौं , आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुरपश्चिमान्चल स्तरीय पुरुष फुटबल छनौट प्रतियोगिता मंगलबार बाट जिल्ला खेलकुद बिकास समितिको खेलमैदानमा शुरु भएको थियो। सुदुर पश्चिम प्रदेशका खेलकुद बिकास समितिका अध्यक्ष लाल बहादुर शाहीको सभापतित्वमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य , नेकपा संसदीय दलका प्रमुख सचेतक माननीय तारा लामा तामाङ हुनुहुन्थ्यो । क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य एवम् फुटबल प्रतियोगिता सयोजक घनश्याम भट्ट र जिल्ला खेलकुद बिकास समिति कंचनपुरका अध्यक्ष शेर बहादुर चन्द बिशिष्ठ अतिथि रहनु भएको थियो । यसैगरी जिल्ला खेलकुद बिकास समिति कंचनपुरका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह , फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द , जिखेबिस कंचनपुरका कार्यालय प्रमुख   गोपाल दत्त भट्ट, राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , बैतडी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख  राज जोसि , बझाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख नरेश बहादुर सिंह , एन्फा प्रशिक्षक पुष्कर शाही , एन्फाका पुर्व अध्यक्ष भिम बहादुर थापा , खेलकुद

क्षेत्रीय आईटिएफ तेक्वान्दो छनौट प्रतियोगिता आज सप्पन्न

Image
काठमाडौ,फागुन १२, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुर पश्चिम क्षेत्रीय आईटिएफ तेक्वान्दो छनौट प्रतियोगिता  आइतबार महेन्द्रनगरको कवर्डहलमा समपन्न भएको छ । आईटिएफ तेक्वान्दो संघ कंचनपुर जिल्ला कमिटी अध्यक्ष पंकज रावलको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य एवं आईटिएफ तेक्वान्दो प्रतियोगिता सयोजक सृजना भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने कंचनपुर जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा क्षेत्रीय खेलकुद बिकास समितिका लेखापाल दिपक बहादुर सिंह , आईटिएफ रेफ्री सयोजक बिरेन्द्र बहादुर शाही ,  राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , कराते प्रशिक्षक बिरेन्द्र बहादुर चन्द , जिल्ला खेलकुद बिकास समितिका खरिदार देबेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता बाट ८ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएका छन् ।  महिला तर्फ ४० किलो तौल समुहमा पूजा शाही , ४५ मा पूजा रावल , ५० मा सबिता उराँव , ५५ मा सिमा रसाइली , ६० मा सजना भाट , ६५ मा मन्जु धानुक , ७० मा लक्ष्मी उ