प्रदेश स्तरीय फुट्बल प्रतियोगिता कंचनपुर सुरु


काठमाडौं ,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुरपश्चिमान्चल स्तरीय पुरुष फुटबल छनौट प्रतियोगिता मंगलबार बाट जिल्ला खेलकुद बिकास समितिको खेलमैदानमा शुरु भएको थियो। सुदुर पश्चिम प्रदेशका खेलकुद बिकास समितिका अध्यक्ष लाल बहादुर शाहीको सभापतित्वमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य , नेकपा संसदीय दलका प्रमुख सचेतक माननीय तारा लामा तामाङ हुनुहुन्थ्यो । क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य एवम् फुटबल प्रतियोगिता सयोजक घनश्याम भट्ट र जिल्ला खेलकुद बिकास समिति कंचनपुरका अध्यक्ष शेर बहादुर चन्द बिशिष्ठ अतिथि रहनु भएको थियो । यसैगरी जिल्ला खेलकुद बिकास समिति कंचनपुरका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह , फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द , जिखेबिस कंचनपुरका कार्यालय प्रमुख   गोपाल दत्त भट्ट, राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , बैतडी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख  राज जोसि , बझाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख नरेश बहादुर सिंह , एन्फा प्रशिक्षक पुष्कर शाही , एन्फाका पुर्व अध्यक्ष भिम बहादुर थापा , खेलकुद बिकास समितिका बिक्की नेगि खेलकुद बिकास समितिका सदस्य हुन।ओलम्पियन डम्बर दत्त भट्ट लगायतको उपस्थिति रहेकोे कार्यक्रममको संचालन प्रशिक्षण प्रमुख बिमल खडायतले गरेका थिए । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि तामाङले खेलकुदका लागि आफुले र आफ्नो पार्टीले सदैव सहयोग गर्ने बताउनु भयो । प्रतियोगिता फागुन १४ गते देखि १८ गते सम्म संचालन गरिने सुप क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष शाहीले जानकारी दिनु भएको ।  मध्यान्तर हुनु अगाडि बाजुराले अछाम लाई १ गोल हानेको थियो ।कंचनपुर जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले विभिन्न जिल्ला बाट सहभागी भएका टिम लाई ब्यवस्थापनका साथै अन्य सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु