निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !


काठमाडौं ,
भाद्र५, कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निम्बुखेडामा भएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले मंगलवार महेन्द्रनगर तनावग्रस्त भएको छ ।
प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड असुलग्यास प्रहार गरेका थिए।
प्रहरीको असुलग्यास प्रहारपछि प्रशासन  कार्यालय अगाडिको भीड तितरवितर भएपनि प्रदर्शनकारीहरु आक्रोशित भएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलित भएका छन् । आन्दोलित सर्वसाधारणले सोमबार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका छन् ।
निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा विष्टलाई सोमबार सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दाबी छ ।
प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् ।

Comments

  1. Lucky Club Casino site | Casino, live, mobile, bonuses
    Lucky luckyclub.live Club is one of the most innovative casino brands in UK history. If you're a member of the lucky club casino site, you may be aware of the

    ReplyDelete

Post a Comment

Popular posts from this blog

संजिवनी नेपाल कंचनपुरको ३ दिने पैरवी क्षमता र अवस्था बारे बिश्लेषण सुचक गोष्ठी सम्पन्न