Posts

Showing posts from May, 2019

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

Image
 नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ , कालिकोटले संचालन गरिरहेको नेपालमा जातीय भेदभाव विरुद्ध सामुहिक आवाज र कार्यको लागि सहयोग ,साझा आवाज परियोजना अन्तर्गत नरहरिनाथ गाउँपालिकाका २० जना युवायुवतीलाई विभिन्न सिपमुलक तालीम दिई स्वरोजगार बनाउने उद्देश्यले नरहरिनाथ गाउँपालिका संगको साझेदारीमा आयोजना गरिएको तालिम तथा सीपमूलक ब्यवसायको सोमबार सदरमुकाम मान्मा बजारमा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको छ। एनएनडिएसड्ब्लुओ कालिकोटका अध्यक्ष जय बहादुर बिकको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की रहनु भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका सचिव रंगलाल देवकोटा , घरेलु तथा साना उद्योग बिकास समितिका लालबहादुर बुढा , हेल्भेटासका सन्तोष कुमार जिरेल , नरहरिनाथ गाउँपालिका स्तरीय दलित संजालका अध्यक्ष मकर सिंह दर्जी , पत्रकार रमेश रावल , आयोजक सस्थाका सचिव अनिपाल बिक , सदस्य देउराम बिक लगायतको उपस्थिति रहेको थियो । परियोजनाले विभिन्न पाँच बिधामा तालिम संचालन गर्ने जिल्ला परियोजना सयोजक बिर तिरुव