Posts

Showing posts from July, 2018

कराते टोलीको बिदाई

Image
भारतको राजिस्थान स्थित जयपुरमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई कंचनपुर जिल्ला संघबाट आज एकसमारोहमा बिदाई गरिएको छ। नेपाल गोजुरियो कराते दो युजेनकाई संघ कंचनपुर का उपाध्यक्ष सरन शाही , सचिव / प्रशिक्षक कृष्ण तिरुवा , सह -सचिव भिम बहादुर चन्द , सदस्य नरेन्द्र कुवर लगाएतले अफिसियल , टिम व्यवस्थापन  खेलाडीहरुलाई अबिर सहित खादा ओढाएर शुभकामना दिनुहुदै बिदाई गरेका हुन् । नेपालबाट गोजुरियो कराते दो युजेनकाई संघका केन्द्रिय महासचिव / एशियन कराते महासंघका रेफ्री प्रकाश कुमार चन्दको नेतृत्वमा ४५ सदस्यीय टोली राजिस्थान जान लागेको हो । भारतको जयपुरमा IMAS को आयोजनामा दक्षिण एशियाली राष्ट्रका साथै मलेसियाको समेत सहभागीता रहने महासचिव चन्दले बताए । नेपालि टोलि 
Image
तनहुँ , तनहुँको व्यास नगरपालिका-११ ओडारेका सीमान्तकृत चेपाङ जातिलाई एक लाख रुपैयाँ बराबरको लत्ताकपडा विरतण गरिएको छ। लायन्स/लियो क्लव अफ काठमाडौं छाब्दी बाराही तथा आदिवासी युवा महासंघ नेपाल तनहुँले सीमान्तकृत जाति चेपाङलाई एक लाख रुपैयाँ बराबरको गर्मी तथा जाडोका लत्ताकपडा वितरण गरेको हो। बिहीबार एक कार्यक्रमका विच व्यास ११ ओडारेका करिव १६० अति विपन्न सिमान्तकृत चेपाङ समुदायमा उक्त लत्ताकपडा वितरण गरिएको छ। एकदेव आले स्मृति प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले लत्ताकपडा वितरण गर्दै सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेकाले उनीहरुका लागि खानेपानीको व्यवस्था गर्न सरोकार निकायमा पहल गर्ने प्रतिबद्धता जनाए। उनले चेपाङ समुदायको वस्तीमा पर्यटकीय बनाउन विभिन्न योजनाहरूलाई अगाडि बढाउने कार्यमा अग्रसर प्रकारका कार्यक्रमहरू माग गर्न आफू लागिपरेको बताए। चेपाङ जातिको विकासका लागि सडक, खानेपानी, शिक्षाको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्नुपर्ने उनले जानकारी दिए। व्यास नगरपालिकाका बोर्ड सदस्य तमबहादुर दरैले सीमान्तकृत जात

खेलाडी गाउँ -गाउँमा हुन्छन् ।

Image
 प्रशिक्षक जोशी ,                  निशा कामी अहिले कक्षा ९ मा पढिरहेकी छिन साथै बेलुकी नियमित तेक्वान्दो प्रशिक्षण समेत गरिरहेकी छिन । ग्रीन बेल्टमा प्रशिक्षण लिईरहेकी निशा ठुलो बनेर आफ्ना गुरुको अनुयायी बन्ने बताउछिन् । भिमदत्त नगरपालिका वडा नम्बर -१८ स्थित निम्बुखेडा ,खैरभट्टी तेक्वान्दो डोजाङ्गमा बिगत एक वर्ष देखी नियमित प्रशिक्षण गराईरहेका राष्ट्रिय तेक्वान्दो संघ-नेपालका प्रशिक्षक चन्द्रदेब जोशीले निशा जस्तै दर्जनौं विद्यार्थी भाईबैनीहरुलाई प्रशिक्षण दिईरहनु भएको हो । २०५२ सालबाट राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दो सहायक प्रशिक्षकका रूपमा जागीरे जीवन शुरु गर्नुभएका जोशीले प्रदेश नम्बर सातका बैतडी , डडेल्धुरा , अछाम ,डोटी र कंचनपुर जिल्लामा प्रशिक्षण गराएको बताए । प्रतिभावान खेलाडी गाउँघरमै हुन्छन् त्यहीँ भएर ग्रामीण क्षेत्रमा प्रशिक्षण गराउन आफुलाई मन पर्ने प्रशिक्षक जोशीले भने सुदुर पश्चिम क्षेत्र नै खेलाडी जन्माउने थलो हो । यहीँबाट  विभिन्न खेलमा ओलम्पिक खेलाडीले नेपालको प्रतिनिधित्व गरेको बताए । तेक्वान्दो कोरियन शब्द हो यसको अर्थ खाली हातखुट्टाले बिनाहातहतियार शत्रुलाई परास्