कराते टोलीको बिदाई

भारतको राजिस्थान स्थित जयपुरमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई कंचनपुर जिल्ला संघबाट आज एकसमारोहमा बिदाई गरिएको छ। नेपाल गोजुरियो कराते दो युजेनकाई संघ कंचनपुर का उपाध्यक्ष सरन शाही , सचिव / प्रशिक्षक कृष्ण तिरुवा , सह -सचिव भिम बहादुर चन्द , सदस्य नरेन्द्र कुवर लगाएतले अफिसियल , टिम व्यवस्थापन  खेलाडीहरुलाई अबिर सहित खादा ओढाएर शुभकामना दिनुहुदै बिदाई गरेका हुन् । नेपालबाट गोजुरियो कराते दो युजेनकाई संघका केन्द्रिय महासचिव / एशियन कराते महासंघका रेफ्री प्रकाश कुमार चन्दको नेतृत्वमा ४५ सदस्यीय टोली राजिस्थान जान लागेको हो । भारतको जयपुरमा IMAS को आयोजनामा दक्षिण एशियाली राष्ट्रका साथै मलेसियाको समेत सहभागीता रहने महासचिव चन्दले बताए ।
नेपालि टोलि 

Comments

Popular posts from this blog

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु