Posts

Showing posts from March, 2019

सुदुर पश्चिम प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता महेन्द्रनगरमा सुरु

Image
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलका खेलाडी छनौट गर्ने क्रममा आज देखि कराते खेलाडी छनौट सुरु गरिएको छ । सुदुर पश्चिम प्रदेशका खेलकुद बिकास समितिका अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षता आयोजना गरिएको उद्घाटन कार्यक्रममा भिमदत्त नगरपालिका महेन्द्रनगरका नगरप्रमुख सुरेन्द्र बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । यसैगरी नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका उप- निर्देशक तुलसी कुमार महर्जन , राखेपका पुर्व सदस्य हरक सिंह धामी , जिल्ला खेलकुद बिकास समिति कंचनपुरका अध्यक्ष शेर बहादुर चन्द , प्रतियोगिता सयोजक घनश्याम भट्ट , राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सचिव बिष्णु प्रसाद कडेल , बाजुरा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हिक्मत बहादुर थापा  विशिष्ट अतिथि रहनु भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति कंचनपुरका कार्यालय प्रमुख गोपाल दत्त भट्ट , बैतडी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तर्क राज जोशी , दार्चुला खेलकुदका कार्यालय प्रमुख दिनेश पाल , महाकाली अञ्चल अस्पतालका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्ट , NNSWA का किशोर जैरु लगायतको उपस्थिति रहेको

सुदुर पश्चिम प्रदेश बाट कुस्ती खेलाडी छानिए

Image
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुर पश्चिमाञ्चल स्तरीय कुस्ती छनौट सम्पन्न भएको छ । फागुन १६-१७ गते महेन्द्रनगरको खेलकुद बिकास समितिको रंगशालामा आयोजना गरिएको दुईदिवसिय प्रतियोगिता बाट १० पुरुष र १० जना महिला गरि २० जना खेलाडी छनौट गरिएको कंचनपुर जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जानकारी दिनुभयो । आज एक कार्यक्रमको आयोजना गरि खेलाडी तथा प्रशिक्षक लाई प्रमाणपत्र बितरण गरिएको हो । समापन कार्यक्रमको सभापति कुस्ती खेल सयोजक सृजना भण्डारी रहेकी थिइन् । सुदुर पश्चिम खेलकुद बिकास समितिका अध्यक्ष लालबहादुर शाही कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने कुस्तीका अन्तर्राष्ट्रिय निर्णायक बिद्या सागर पोखरेल बिशिस्ट अतिथि रहेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरिहर परियार , जिल्ला खेलकुद बिकास समिति कंचनपुरका सदस्य द्वय बिक्की नेगि , नवराज शाही ,कार्यालय प्रमुख गोपाल दत्त भट्ट , राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , कुस्ती संघका केन्द्रिय प्रतिनिधि सुदिप थापामगर , मुख्य प्रशिक्षक मुमताज अलि , आईटीएफ तेक्वान्दो