सुदुर पश्चिम प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता महेन्द्रनगरमा सुरु

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलका खेलाडी छनौट गर्ने क्रममा आज देखि कराते खेलाडी छनौट सुरु गरिएको छ । सुदुर पश्चिम प्रदेशका खेलकुद बिकास समितिका अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षता आयोजना गरिएको उद्घाटन कार्यक्रममा भिमदत्त नगरपालिका महेन्द्रनगरका नगरप्रमुख सुरेन्द्र बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । यसैगरी नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका उप- निर्देशक तुलसी कुमार महर्जन , राखेपका पुर्व सदस्य हरक सिंह धामी , जिल्ला खेलकुद बिकास समिति कंचनपुरका अध्यक्ष शेर बहादुर चन्द , प्रतियोगिता सयोजक घनश्याम भट्ट , राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सचिव बिष्णु प्रसाद कडेल , बाजुरा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हिक्मत बहादुर थापा  विशिष्ट अतिथि रहनु भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति कंचनपुरका कार्यालय प्रमुख गोपाल दत्त भट्ट , बैतडी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तर्क राज जोशी , दार्चुला खेलकुदका कार्यालय प्रमुख दिनेश पाल , महाकाली अञ्चल अस्पतालका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्ट , NNSWA का किशोर जैरु लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा नौ वटै जिल्लाका खेलाडीले मार्चपास गरेका थिए । प्रतियोगिताको रेफ्री सयोजक राम लामा रहनु भएको करातेका प्रदेश प्रमुख प्रशिक्षक बिमल खडायतले बताउनु भयो । उद्घाटन कार्यक्रममा मनतब्य  राख्नुहुदै नगर प्रमुख बिष्टले भिमदत्तले नगर खेलकुद समिति गठन गरेको बताउनु हुँदै खेलाडीका लागि आफू सदैव लागि परेको  बताउनु भयो । प्रतियोगिता २७ गते सम्म चल्ने कंचनपुर जिल्लाका कराते प्रशिक्षक  बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु