Posts

Showing posts from April, 2018

सुमन कुलुङ्ग र सुनमाया बुढाको अर्को सफलता

Image
विश्वको सबै भन्दा उचाई रहेको दौडमा सुमन कुलुङ्ग र सुनमाया,बुढा BREATHLESS - The World's Highest Race सागरमाथ संगै रहेको कालोपत्थर ५ हजार ६ सय ४४ किलो मिटरबाट २५ अप्रिल २०१८ (२०७५ बैशाख १२ गते) भएको दौड स्यान्बोचेमा समापन भएको ३१ किलो मिटर अल्ट्रा दौड प्रतियोगितामा पुरुष समुहमा सोलुखुम्बुका सुमन कुलुङ्ग ३ घण्टा ५६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगर ३ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै दृतिय र ओलम्पियन खेलाडी धादिंगका हरि रिमाल ३ घण्टा ५६ मिनेटमा दुरी पार गर्दै तृतीय हुन् सफल हुनु भएको छ | महिला समुहमा जुम्लाकी सुनमाया बुढा क्षेत्रि ३ घण्टा ५८ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम हुन् सफल हुनु भएको छ | प्युठानकी हुमि बुढा मगर ५ घण्टा ६ मिनेटमा पार गर्दै दृतिय र प्रिती खत्री तृतीय हुन् सफल हुनु भएको छ |

सार्वजनिक यातायातमा काम गर्ने १२ बालकको उद्धार

Image
काठमाडौं ,  काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ ।श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियान अन्तर्गत आज १६ वर्ष मुनिका १२बालकको उद्धार गरिएको हो । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो । उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन । सार्वजनिक यातायात ९बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनका साधनमा बालश्रमरहित बनाउने अभियानको आज चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो। श्रम कार्यालय बाग्मतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको शो अभियानमा अाइतबार १९१ गाडीको अनुगमन गरिएको थियो ।

भौतिक पुर्वाधार नै मेरो प्राथमिकता :- अध्यक्ष शाही

Image
भौतिक पुर्वाधार नै मेरो प्राथमिकता :- अध्यक्ष शाही प्रदेश नम्बर - ०७ का नवनियुक्त अध्यक्ष लालबहादुर शाहीले खेलमैदान , भौतिक पुर्वाधार र खेलसामग्री पर्याप्त भए सुदुर पश्चिमाञ्चलको खेल क्षेत्र राष्ट्रियअन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउने बताउनु भयो । प्रदेश नम्बर - ०७ को अस्थायी टुरमुकाम धनगढीमा भएको रंगशाला पनि गुणस्तरीय र बहुउद्देश्यीय नभएकोले आफ्नो कार्यकालमा भौतिक पुर्वाधार निर्माणका लागि बिशेष लागिपरेको बताए । दार्चुलाको कवर्डहल पुर्न निर्माण , अछाम , बाजुरा , बझाङमा समेत बहुउद्देश्यीय रंगशालाको लागी योजना गरि केहि समय अगाडि धनगढीमा आउनु भएका युवा तथा खेलकुद मन्त्री माननीय जगत बिश्वकर्मा लाई ज्ञापन पत्र समेत बुझाएको बताए । मन्त्रीज्यु बाट सकारात्मक धारणा तथा सहयोगका लागी आश्वासन समेत पाएका छौ यस्ले हामीलाई थप उर्जा मिलेको छ " अध्यक्ष शाहीले भने आठौं राष्ट्रिय प्रतियोगितामा सुदुर पश्चिमले अन्य प्रतियोगिताको तुलनामा अझै उत्कृष्ट नतिजा ल्याउने