सार्वजनिक यातायातमा काम गर्ने १२ बालकको उद्धार

काठमाडौं ,
 काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ ।श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियान अन्तर्गत आज १६ वर्ष मुनिका १२बालकको उद्धार गरिएको हो ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो । उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन ।

सार्वजनिक यातायात ९बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनका साधनमा बालश्रमरहित बनाउने अभियानको आज चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो।
श्रम कार्यालय बाग्मतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको शो अभियानमा अाइतबार १९१ गाडीको अनुगमन गरिएको थियो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु