भौतिक पुर्वाधार नै मेरो प्राथमिकता :- अध्यक्ष शाही



भौतिक पुर्वाधार नै मेरो प्राथमिकता :- अध्यक्ष शाही


प्रदेश नम्बर -०७ का नवनियुक्त अध्यक्ष लालबहादुर शाहीले खेलमैदान , भौतिक पुर्वाधार खेलसामग्री पर्याप्त भए सुदुर पश्चिमाञ्चलको खेल क्षेत्र राष्ट्रियअन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउने बताउनु भयो प्रदेश नम्बर -०७ को अस्थायी टुरमुकाम धनगढीमा भएको रंगशाला पनि गुणस्तरीय बहुउद्देश्यीय नभएकोले आफ्नो कार्यकालमा भौतिक पुर्वाधार निर्माणका लागि बिशेष लागिपरेको बताए दार्चुलाको कवर्डहल पुर्न निर्माण , अछाम , बाजुरा , बझाङमा समेत बहुउद्देश्यीय रंगशालाको लागी योजना गरि केहि समय अगाडि धनगढीमा आउनु भएका युवा तथा खेलकुद मन्त्री माननीय जगत बिश्वकर्मा लाई ज्ञापन पत्र समेत बुझाएको बताए मन्त्रीज्यु बाट सकारात्मक धारणा तथा सहयोगका लागी आश्वासन समेत पाएका छौ यस्ले हामीलाई थप उर्जा मिलेको " अध्यक्ष शाहीले भने आठौं राष्ट्रिय प्रतियोगितामा सुदुर पश्चिमले अन्य प्रतियोगिताको तुलनामा अझै उत्कृष्ट नतिजा ल्याउने कुरामा बिश्वस्त छु" नेपाली सेनाको त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरीको एपीएफ नेपाल प्रहरीको पुलिस क्लबमा रहेका विभिन्न खेलका अधिकास खेलाडी यस प्रदेशका रहेको बताउदै अध्यक्ष शाहीले दीपक बिष्ट जस्ता खेलाडी जन्माउने स्थलका रूपमा परिचित भएको स्मरण गर्नुभयो खेलाडीलाई राज्यकोषबाट लगानी गरेर सुनिश्चित गरिने समेत बताउनु भयो ।त्यसको लागी पहिलो प्राथमिकता भनेको भौतिक पुर्वाधार नै हो , खेलाडी शहरमा होईन ग्रामीण भेगमा बढी हुन्छन् ऊनीहरुको प्रतिभालाई चिनेर राष्ट्रको लागि उपयोग गर्न सक्नु पर्ने धारणा समेत औल्याउँनु भयो

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु