सुदुर पश्चिम प्रदेश बाट कुस्ती खेलाडी छानिए

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुर पश्चिमाञ्चल स्तरीय कुस्ती छनौट सम्पन्न भएको छ । फागुन १६-१७ गते महेन्द्रनगरको खेलकुद बिकास समितिको रंगशालामा आयोजना गरिएको दुईदिवसिय प्रतियोगिता बाट १० पुरुष र १० जना महिला गरि २० जना खेलाडी छनौट गरिएको कंचनपुर जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जानकारी दिनुभयो । आज एक कार्यक्रमको आयोजना गरि खेलाडी तथा प्रशिक्षक लाई प्रमाणपत्र बितरण गरिएको हो । समापन कार्यक्रमको सभापति कुस्ती खेल सयोजक सृजना भण्डारी रहेकी थिइन् । सुदुर पश्चिम खेलकुद बिकास समितिका अध्यक्ष लालबहादुर शाही कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने कुस्तीका अन्तर्राष्ट्रिय निर्णायक बिद्या सागर पोखरेल बिशिस्ट अतिथि रहेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरिहर परियार , जिल्ला खेलकुद बिकास समिति कंचनपुरका सदस्य द्वय बिक्की नेगि , नवराज शाही ,कार्यालय प्रमुख गोपाल दत्त भट्ट , राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , कुस्ती संघका केन्द्रिय प्रतिनिधि सुदिप थापामगर , मुख्य प्रशिक्षक मुमताज अलि , आईटीएफ तेक्वान्दो प्रशिक्षक शम्भु बस्नेत लगायतको उपस्तिथि रहेको थियो । बिजेता खेलाडीलाई प्रमाणपत्र बितरण गर्नुहुदै प्रमुख अतिथि शाहीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि मेडल प्राप्त गर्न शुभकामना दिनुभयो । सुदुर पश्चिम प्रदेश अधिराज्यमै खेलाडी जन्माउने स्थानमा अग्र रहेको बताउनु हुदै  आगामी दिनमा पनि सुदुर पश्चिम बाट यस्ता होनहार खेलाडी जन्माउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयोlछनौट भएका खेलाडीमा महिला तर्फ ५० किलो तौल समुहमा दार्चुलाकि मनिषा सिंह , ५३ मा डडेल्धुराकि सिङवानी दुबे , ५५ मा कंचनपुरकि संगीता धामी , ५७ मा दार्चुलाकि अम्बिका भण्डारी छन् । यसैगरी ५९ मा कोमल खत्री , ६२ मा सपना चन्द , ६५ मा नीरा औजी , ६८ मा बिमला सुनार , ७२ मा लक्ष्मी खत्री , ७६ मा मनिका चन्द छनौट भए । यी  कंचनपुरका खेलाडी हुन् । यसैगरी पुरुष तर्फ कंचनपुर जिल्ला बाट छनौटमा पर्न सफल हुने खेलाडीमा ६१ मा अर्जुन गुरुङ , ६५ मा कैलाश ठगुन्ना , ७० मा सुरेश भट्ट ,७४ मा भुवन चन्द , ७९ मा बिकास चन्द , ८६ मा संजय तिखतरी , ९७ मा ललित चन्द रहेका छन् भने डडेल्धुरा जिल्ला बाट ५७ मा पारस चन्द , ९२ मा राजु दुबे छनौटमा परेका हुन् । दार्चुलाका करन  भट्ट  १२५ किलो तौल समुहमा छनौट भए । डडेल्धुरा बाट छनौट भएका राजु दुबे र सिङवानी दुबे बुवा छोरी हुन् ।कार्यक्रमको संचालन कराते प्रशिक्षक कृष्ण तिरुवाले गरेका थिए।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु