खेलाडी गाउँ -गाउँमा हुन्छन् ।

 प्रशिक्षक जोशी ,               
  निशा कामी अहिले कक्षा ९ मा पढिरहेकी छिन साथै बेलुकी नियमित तेक्वान्दो प्रशिक्षण समेत गरिरहेकी छिन । ग्रीन बेल्टमा प्रशिक्षण लिईरहेकी निशा ठुलो बनेर आफ्ना गुरुको अनुयायी बन्ने बताउछिन् । भिमदत्त नगरपालिका वडा नम्बर -१८ स्थित निम्बुखेडा ,खैरभट्टी तेक्वान्दो डोजाङ्गमा बिगत एक वर्ष देखी नियमित प्रशिक्षण गराईरहेका राष्ट्रिय तेक्वान्दो संघ-नेपालका प्रशिक्षक चन्द्रदेब जोशीले निशा जस्तै दर्जनौं विद्यार्थी भाईबैनीहरुलाई प्रशिक्षण दिईरहनु भएको हो । २०५२ सालबाट राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दो सहायक प्रशिक्षकका रूपमा जागीरे जीवन शुरु गर्नुभएका जोशीले प्रदेश नम्बर सातका बैतडी , डडेल्धुरा , अछाम ,डोटी र कंचनपुर जिल्लामा प्रशिक्षण गराएको बताए । प्रतिभावान खेलाडी गाउँघरमै हुन्छन् त्यहीँ भएर ग्रामीण क्षेत्रमा प्रशिक्षण गराउन आफुलाई मन पर्ने प्रशिक्षक जोशीले भने सुदुर पश्चिम क्षेत्र नै खेलाडी जन्माउने थलो हो । यहीँबाट  विभिन्न खेलमा ओलम्पिक खेलाडीले नेपालको प्रतिनिधित्व गरेको बताए । तेक्वान्दो कोरियन शब्द हो यसको अर्थ खाली हातखुट्टाले बिनाहातहतियार शत्रुलाई परास्त गर्ने भन्ने बुझाउछ । तेक्वान्दो प्रशिक्षक जोशीले अंग्रेज़ी बिषयमा एम ए सम्मको अध्ययन समेत गरेका छन भने योग प्रशिक्षक समेत हुन । खैरभट्टी डोजाङ्गका खेलाडीले जिल्ला स्तरीय , क्षेत्रीयस्तरको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेर मेडल प्राप्त गरेका छन् । गाउँघरमै प्रशिक्षण गराउदा आर्थिक अवस्था कमजोर भएका र कवर्डहलमा जान नसक्ने थुप्रै बालबालिकालाई खेलाडी बन्न हौसला पुगेको स्थानीय बासिन्दा बैजनाथ नमुना मा बि का शिक्षक राम सिंह भण्डारीले बताए । कंचनपुर जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले ग्रामीण क्षेत्रमा न्युनतम श्रोतसाधन हुँदा हुँदै पनि जिल्लाको विभिन्न स्थानमा प्रशिक्षण भएको जानकारी गराउनु हुदै कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु