तनहुँ ,
तनहुँको व्यास नगरपालिका-११ ओडारेका सीमान्तकृत चेपाङ जातिलाई एक लाख रुपैयाँ बराबरको लत्ताकपडा विरतण गरिएको छ। लायन्स/लियो क्लव अफ काठमाडौं छाब्दी बाराही तथा आदिवासी युवा महासंघ नेपाल तनहुँले सीमान्तकृत जाति चेपाङलाई एक लाख रुपैयाँ बराबरको गर्मी तथा जाडोका लत्ताकपडा वितरण गरेको हो।
बिहीबार एक कार्यक्रमका विच व्यास ११ ओडारेका करिव १६० अति विपन्न सिमान्तकृत चेपाङ समुदायमा उक्त लत्ताकपडा वितरण गरिएको छ। एकदेव आले स्मृति प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले लत्ताकपडा वितरण गर्दै सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेकाले उनीहरुका लागि खानेपानीको व्यवस्था गर्न सरोकार निकायमा पहल गर्ने प्रतिबद्धता जनाए। उनले चेपाङ समुदायको वस्तीमा पर्यटकीय बनाउन विभिन्न योजनाहरूलाई अगाडि बढाउने कार्यमा अग्रसर प्रकारका कार्यक्रमहरू माग गर्न आफू लागिपरेको बताए। चेपाङ जातिको विकासका लागि सडक, खानेपानी, शिक्षाको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्नुपर्ने उनले जानकारी दिए।
व्यास नगरपालिकाका बोर्ड सदस्य तमबहादुर दरैले सीमान्तकृत जातिको पहिचान र उनीहरूलाई सशक्त बनाउन आरक्षण बजेट छुट्याएको जानकारी गराए। स्थानीय तह, प्रदेश र संघीय सरकारले प्रदान गर्ने आरक्षण बजेट बारे जानकारी गराउँदै सचेतनात्मक तथा नेतृत्व विकास तालिम चेपाङ समुदायलाई दिने प्रतिवद्धता जनाए।
लायन्स/लियो क्लव अफ काठमाडौं छाब्दी बाराहीका सचिव जोसन श्रेष्ठको नेतृत्वमा र नेपाल आदिवासी जनजाति युवा महासंघ तनहुँका अध्यक्ष वीरबहादुर दरैको संयोजनमा चेपाङ जातिलाई लत्ताकपडा वितरण गरिएको थियो।
ओडारेबासी चेपाङहरू लत्ताकपडा पाउदा खुसी हुँदै उनीहरूले हामी पनि यही देशको नागरिक हो तर हामी सबै क्षेत्रको विकास र बजेट, सीपमुलक तालिमलगायतका कार्यक्रमहरूबाट बञ्चित छौँ, हामीलाई सीपमुलक तालिम र जातीय विकास हुने कार्यक्रमहरू बारे जानकारी गराउन माग गरेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका आधारभूत आवश्यकताबाट बञ्चित रहेकाले पहल गरिदिन आग्रह गरेका थिए।
चेपाङ समुदायले शिक्षा क्षेत्रबाट बञ्चित हुँदा विभिन्न किसिमका कार्यक्रमहरू स्थानीय तह, प्रदेश र संघीय सरकारले छुट्याएको बजेटका बारेमा थाहा नहुने गरेकोले आदिवासी जनजातिको अधिकारका लागि अग्रसर नेतृत्वकर्ताहरुले जानकारी गराइदिन माग गरेका थिए।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु