क्षेत्रीय आईटिएफ तेक्वान्दो छनौट प्रतियोगिता आज सप्पन्न

काठमाडौ,फागुन १२,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदुर पश्चिम क्षेत्रीय आईटिएफ तेक्वान्दो छनौट प्रतियोगिता  आइतबार महेन्द्रनगरको कवर्डहलमा समपन्न भएको छ । आईटिएफ तेक्वान्दो संघ कंचनपुर जिल्ला कमिटी अध्यक्ष पंकज रावलको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य एवं आईटिएफ तेक्वान्दो प्रतियोगिता सयोजक सृजना भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने कंचनपुर जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा क्षेत्रीय खेलकुद बिकास समितिका लेखापाल दिपक बहादुर सिंह , आईटिएफ रेफ्री सयोजक बिरेन्द्र बहादुर शाही ,  राखेप कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कर्म बहादुर सिंह , कराते प्रशिक्षक बिरेन्द्र बहादुर चन्द , जिल्ला खेलकुद बिकास समितिका खरिदार देबेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता बाट ८ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएका छन् ।  महिला तर्फ ४० किलो तौल समुहमा पूजा शाही , ४५ मा पूजा रावल , ५० मा सबिता उराँव , ५५ मा सिमा रसाइली , ६० मा सजना भाट , ६५ मा मन्जु धानुक , ७० मा लक्ष्मी उराँव र ७०+ मा सुजाता सिजापती छनौट भएका छन् । यसैगरी पुरुषको ४५ किलो तौल समुहमा राहुल नेपाली , ५० मा राजेश बिक , ५५ सुमन रसाइली , ६० मा लोकेश भट्ट , ६५ मा सुरज तिरुवा , ७० मा दिपेश सिजापती , ७५ मा अभिषेक बस्नेत र ८० किलो तौल समुहमा प्रान्जल चन्द छनौट भएको आईटिएफका सुदुर पश्चिम प्रमुख प्रशिक्षक शम्भु बस्नेतले जानकारी दिए । कार्यक्रमको संचालन खेलकुद महासंघका कंचनपुर जिल्ला सचिव कृष्ण तिरुवाले गरेका थिए ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु