चौथो जुनियर बेल्ट ग्रेडिङ्ग सम्पन्न

काठमाडौं ,
राष्ट्रिय गोजुरियो कराते दो संघ - नेपाल , शाखा कंचनपुर अन्तर्गतको उपशाखा मन्जित दोजो , पुर्नवास नगरपालिका -१० बिकासबस्तीको चौथो जुनियर बेल्ट टेष्ट ग्रेडिङ्ग कार्यक्रम आईतबार सम्पन्न भएको छ । डोजो कार्यसमितिका अध्यक्ष कृष्ण दत्त पन्तको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय सचिव एवम् कंचनपुर जिल्लाका अध्यक्ष बिष्णु प्रसाद कडेल हुनुहुन्थ्यो भने बिशेष अतिथिमा पुर्नवास नगरपालिका वडा नम्बर -१० का अध्यक्ष सुकदेव राना ,११ का तुलसी अर्याल ,  महाकाली यातायात ब्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सिह भाट , कंचनपुरका समाजसेवी लब बिष्ट रहनु भएको थियो । बेल्ट टेष्ट कार्यक्रममा खेलाडीहरुले डेमोष्ट्रेसन समेत प्रदर्शन गरेका थिए । दोजो प्रशिक्षक नरेन्द्र गुरुङले संचालन गरेको कार्यक्रममा कराते संघका सुदुर पश्चिम प्रदेश प्रमुख प्रशिक्षक लालबहादुर राना , कंचनपुर जिल्ला प्रमुख प्रशिक्षक कृष्ण तिरुवा , युवा खेलप्रेमी ब्यतित्व नरेन्द्र थापा , लालझाडी युवा क्लबका अध्यक्ष लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा प्रमुख अतिथि कडेलले खेलाडीहरु राष्ट्रका गहना भएकोले ग्रामीण क्षेत्रका खेलाडीको उत्थानका  लागि आफू सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । थोरै समयमै उपलब्धि हासिल गर्न सफल भएकोमा मन्जित दोजो परिवारलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । जिल्ला खेलकुद बिकास समिति कंचनपुरका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जिल्लामा भएका विभिन्न खेलका खेलाडी लाई कार्यालयको तर्फबाट हुनसक्ने सेवासुबिधा उपलब्ध गराउन सदैव तत्पर रहेको जानकारी गराउनुहुदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै कार्यक्रममा भिमवस्तीका राम बहादुर रोकायालाई सम्मानित गर्दै उनलेे १२ जना खेलाडीलाई ट्रेकसुट उपलब्ध गराएका थिए ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु