३ महिने सिलाई कटाई तालिम सम्पन्न

  काठमाडौं, १२ माघ
घरेलु तथा साना उद्योग कार्यालय कंचनपुरको आयोजनामा भिमदत्त नगरपालिका वडा नम्बर -०४ बजारमा संचालन गरिएको भगत सर्वजित कार्यक्रम अन्तर्गतको तीन महिने सिलाईकटाई तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कंचनपुरका उद्योग अधिकृत (कार्यालय प्रमुख ) खेम प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रमुख अतिथि भिमदत्त नगरपालिका न्यायीक समिति सदस्य सन्तोषी साउद ऎरि रहेकी थिईन । तालिम कार्तिक १२ गतेदेखि  संचालन गरिएको थियो । तालिममा १४ जना महिला र ६ जना पुरुष गरि २० जनालाई  प्रशिक्षण दिएको घरेलु कार्यालयका तथ्यांक सहायक वेद प्रसाद चौधरीले जानकारी दिनुभयो । तालिमको प्रमुख प्रशिक्षक हरिहर परियार हुनुहुन्थ्यो भने सहायक प्रशिक्षक मिना परियार हुनुहुन्थ्यो । प्रशिक्षक परियार महेन्द्रनगरकै लोकप्रिय सिटि  टेलरिङ्ग सेन्टरका प्रोपराईटर समेत हुन् । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल रमेश प्रसाद जोशी , तथ्यांक सहायक वेद प्रसाद चौधरी , सिलाईकटाई तालीमका मुख्य प्रशिक्षक हरिहर परियार लगायतको उपस्थिति रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुहुदै उद्योग अधिकृत खेम प्रसाद चौधरीले सिकेको सिपले आया आर्जन गरि स्वरोजगार बन्न आग्रह गर्नुहुदै कार्यालय बाट प्रवाह हुने सेवासुबिधा उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु