Posts

Showing posts from January, 2018

स्वच्छहावा अभियान जारी, काठमाडौंमा साइकल र्‍याली

Image
काठमाडौं । काठमाडौंको वायु प्रदुषण सम्बन्धी जनचेतना तथा यसको न्युनिकरणको लागि स्वच्छहावा अभियानले दबाब सिर्जना गरेको छ । काठमाडौंको वायु प्रदूषण न्यून गरी यहाँको वायुलाई स्वच्छ बनाउन सकिन्छ भन्ने विश्वास गर्ने नागरिकहरूद्वारा स्वःस्फूर्तरूपमा यो आयोजना गरिएको आयोजनहरुले जानकारी दिएका छन् । पुस १५ देखि काठमाडौंमा निरन्तर यो अभियान जारी रहेको छ । हावामा धुँवा र धुलोको बिखालु मात्रा बढाउन इन्धनबाट चल्ने सवारी साधनहरु तथा कलकारखाना मुख्य कारक रहेकाले मंगलबार जनचेतनाका लागि साइकल यात्रा कार्यक्रम तय गरिएको थियो । विश्व साइकल यात्री पुष्कर शाह र नेपाली चलचित्रका सुप्रसिद्ध नायक राजेश हमालको नेतृत्वमा ‘स्वच्छ हावाका लागि स्वच्छ सवारी’ कार्यक्रम भएको र यस कार्यक्रममा समाजका प्रसिद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साईकल र्याली स्वयम्भुबाट सुरु भई बबरमहलसम्म आईपुगेको हो । सो अवसरमा बबरमहल क्षेत्रका सडक वरपर रोपिएका बिरुवाहरुलाई पानी हाली शहिदहरुप्रति सम्मान प्रकट गरिएको थियो । कार्यक्रममा अभियानकर्ता दीपकराज सापकोटाले यो कार्यक्रम नागरिक जिम्मेवारीका रुपमा आयोजना ग...

सगरमाथा चढ्दै १७ महिला

नेपाल रेकर्ड कायम गर्दै यस वर्ष नेपाली १७ महिलाले सगरमाथा आरोहण गर्ने भएका छन्। ६५ वर्षको इतिहासमा नेपालभरका २६ महिलाले मात्रै शिखर चुमेकोमा यस वर्ष एकैसाथ १७ जनाले आरोहण गर्न लागेका हुन्। उनीहरू २०७५ जेठमा आरोहण गर्ने तयारीमा छन्। सगरमाथा आरोहण गर्न ६ हजार मिटरमाथिका हिमाल आरोहण गर्नैपर्ने मापदण्ड पूरा गरी १७ जनै थप तयारीमा जुटेका छन्। गोरखाकी पूर्णिमा श्रेष्ठ, फुन्जो साङ्मु लामा, सोलुखुम्बुकी डोमा शेर्पा, पासाङ ल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्मी तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्यले आरोहण तयारी गरेका हुन्। सन् १९५३ देखि हिमालसँग मानिसको प्रत्यक्ष सम्बन्ध जोडिए पनि आजसम्म २६ महिला मात्रै सगरमाथा चढ्न सफल भएका छन्। जापानी महिला जुनको तापेइ सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला हुन् भने सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला हुन्। २०५० सालमा आरोहण गरेकी पासाङको शिखरबाट ओर्लनेक्रममा मृत्यु भएक...

ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा

Image
एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । कान्तिपुरमा खबर छ । सुरुमा फोन लागिरहेको थियो तर, एकछिनबाटै फोन बन्द भयो । ललितपुरको भित्री एक मनोरम बस्तीकी युवती यामकुमारी मंसिर २ को साँझ ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजबिनमा हिँडिरहेका युवतीका श्रीमान्ले बाटैमा भेटिएका प्रहरीको एक डफ्फालाई श्रीमती बेपत्ता भएको बारे जानकारी गराए । ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला ।

आदर्श नेपाल भासीको २०औं साधारण सभा तथा नवौं महाधिवेशन सप्पन्न

Image
आदर्श नेपाल भासीको २०औं साधारण सभा तथा नवौं महाधिवेशन आज सम्पन्न भएको छ । सस्थाका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेश सभाका सान्सद प्रकाश रावल प्रमुख अतिथी रहेका थिए भने कर्मचारी ट्रेड युनियनका अध्यक्ष गौराज बहादुर लिम्बु बिशिष्ट अतिथी थिए ।कार्यक्रममा वृद्ध अवस्थाका समाजका अग्रज हरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।यसैगरी रक्त दान जिवन दान भन्ने मुलानाराका साथ रक्तदान गर्ने सस्थाका सदस्यलाई समेत सम्मानित गरिएको थियो । २०५० सालमा स्थापना भएको यस सस्थाले जिल्लामा नै सबभन्दा बढी रक्तदान गर्दै आएको सस्थाका अध्यक्ष बाबुराम शर्माले जानकारी दिनुभयो । बाबुराम शर्मा यस क्षेत्रकै अग्रणी यातायात समिति महाकाली यातायात ब्यवसायी समितिको निवर्तमान अध्यक्ष समेत हुन साथै नेपाल गोजु-रियो कराते दो संघका निवर्तमान केन्द्रीय सदस्य हुन । साधारण सभाले १५ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरिएको छ । नव निर्वाचित समितिको अध्यक्षमा सस्थापक अध्यक्ष समाजसेवी लीलाध्वज बस्नेत , उपाध्यक्ष गणेश दत्त बोहरा , महासचिव सीता मल्ल , सचिव लक्ष्मी बोहरा ,क...

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ तीर्थयात्रीको मृत्यु

महोत्तरी — बाक्लो हुस्सुको कारण बर्दिवास-जलेश्वर सडक खण्डस्थित रामगोपालपुर-८ थलहीमा ट्रयाक्टर दुर्घटना हँदा एकै गाउँका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ घाइते छन् ।   मृत्यृ हुनेमा रामगोपालपुर-७ सहसौलाका ४५ वर्षीया सावित्रीदेवी मण्डल, ४० वर्षीय सत्येन्द्र साह र १८ वर्षीय रामबाबु मण्डल रहेको जिल्ला ट्राफिक कार्यालय बर्दिवासले जनाएको छ । सिन्धुलीको हत्तपतेस्थित लङगुरखोला महादेवको दर्शन गरी महोत्तरीको टिकुलिया बजारतर्फ फर्कदै गरेको ज१त३५१६ नंको ट्रयाक्टर ट्रयाक्टर राति सडकदेखि करिब १८ फिट तल खस्दा उनीहरुकै घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टरमा सबै बोलबम तीर्थयात्री थिए ।  रामगोपालपुर ट्राफिक प्रमुख श्याम माझीले जनाएअनुसार बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा रङ साईड मोडिएर ट्रयाक्टर सडकमुनि खाल्डोमा खसेको थियो । बाक्लो हुस्सु र अँध्यरोका कारण घटनास्थल पुगेको प्रहरीलाई घाइतेको उद्धार गर्न हम्मे परेको थियो । बर्दिवासस्थित ट्राफिक निरीक्षक डिल्ली मैनालीले दुर्घटनामा ७ महिलासहित ८ जना घाइते रहेको जनाए । ६५ वर्षीया मानती द...

साम्राज्ञीलाई प्रस्ताव गरिएको फिल्ममा स्वस्तिमा पक्का

Image
अग्रज निर्माता अशोक शर्माले निर्माण तथा निर्देशन गर्ने फिल्मको लागि मुख्य पात्रहरु तय भएका छन् । नाम तय भैनसकेको फिल्ममा अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, नायिका स्वस्तिमा खड्का, नायक सलोन बस्नेत, कलाकार बुद्धी तामाङ, जयनन्द लामा, राजाराम पौडेल र रामचन्द्र अधिकारी मुख्य भूमिकाको लागि अनुबन्धित भएका छन् । अभिनेता खगेन्द्र लामिछानेकै स्क्रिप्ट रहेको फिल्ममा नायिका भने रोेजेकी छनोट भइनन्, फिल्मको लागि नायिका स्वस्तिमा खड्का छनोट भइन् । स्वस्तिमा भन्दा अगाडी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फिल्म निर्माण पक्षले स्क्रिप्ट सुनाएको थियो । स्क्रिप्ट सुनेपछि साम्राज्ञीले आफु उक्त रोलको लागि तयार नभएको जवाफ दिएकी थिएकी थिइन् । साम्राज्ञी पछि फिल्मको अफर स्वस्तिमालाई पुगेको थियो र उनी फिल्म खेल्न तयार भएकी हुन् । माघको अन्तिम साताबाट फ्लोरमा जाने यो फिल्मको सम्पूर्ण जसो छायाँकन पूर्वको ईलाम, विर्तामोड र दमकका विभिन्न ग्रामिण भेगमा हुनेछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने चर्चा छ ।