स्वच्छहावा अभियान जारी, काठमाडौंमा साइकल र्‍याली

काठमाडौं । काठमाडौंको वायु प्रदुषण सम्बन्धी जनचेतना तथा यसको न्युनिकरणको लागि स्वच्छहावा अभियानले दबाब सिर्जना गरेको छ ।
काठमाडौंको वायु प्रदूषण न्यून गरी यहाँको वायुलाई स्वच्छ बनाउन सकिन्छ भन्ने विश्वास गर्ने नागरिकहरूद्वारा स्वःस्फूर्तरूपमा यो आयोजना गरिएको आयोजनहरुले जानकारी दिएका छन् ।
पुस १५ देखि काठमाडौंमा निरन्तर यो अभियान जारी रहेको





छ ।
हावामा धुँवा र धुलोको बिखालु मात्रा बढाउन इन्धनबाट चल्ने सवारी साधनहरु तथा कलकारखाना मुख्य कारक रहेकाले मंगलबार जनचेतनाका लागि साइकल यात्रा कार्यक्रम तय गरिएको थियो ।
विश्व साइकल यात्री पुष्कर शाह र नेपाली चलचित्रका सुप्रसिद्ध नायक राजेश हमालको नेतृत्वमा ‘स्वच्छ हावाका लागि स्वच्छ सवारी’ कार्यक्रम भएको र यस कार्यक्रममा समाजका प्रसिद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साईकल र्याली स्वयम्भुबाट सुरु भई बबरमहलसम्म आईपुगेको हो । सो अवसरमा बबरमहल क्षेत्रका सडक वरपर रोपिएका बिरुवाहरुलाई पानी हाली शहिदहरुप्रति सम्मान प्रकट गरिएको थियो ।
कार्यक्रममा अभियानकर्ता दीपकराज सापकोटाले यो कार्यक्रम नागरिक जिम्मेवारीका रुपमा आयोजना गरिएको जानकारी गराँउँदै जनचेतना वृद्धि, नागरिकहरुको आ–आफनो कर्तब्य तथा सम्बन्धित निकायहरुलाइ काम गर्न जिम्मेवार बनाउने बिषयमा सबै क्षेत्रको संलग्नतामा कार्यक्रमहरु जारी राखिने बताए ।
नायक राजेश हमालले वातावरणिय प्रदुषणले आफूलाइ चिन्तित बनाएको र यसले पछि जन्मने शिशुहरुलाइ समेत जोखिममा पार्ने हुँदा सबै सक्रिय भै यसका बिरुद्धमा लाग्न अनुरोध गरे ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु