महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ तीर्थयात्रीको मृत्यु

महोत्तरी — बाक्लो हुस्सुको कारण बर्दिवास-जलेश्वर सडक खण्डस्थित रामगोपालपुर-८ थलहीमा ट्रयाक्टर दुर्घटना हँदा एकै गाउँका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ घाइते छन् ।  मृत्यृ हुनेमा रामगोपालपुर-७ सहसौलाका ४५ वर्षीया सावित्रीदेवी मण्डल, ४० वर्षीय सत्येन्द्र साह र १८ वर्षीय रामबाबु मण्डल रहेको जिल्ला ट्राफिक कार्यालय बर्दिवासले जनाएको छ ।

सिन्धुलीको हत्तपतेस्थित लङगुरखोला महादेवको दर्शन गरी महोत्तरीको टिकुलिया बजारतर्फ फर्कदै गरेको ज१त३५१६ नंको ट्रयाक्टर ट्रयाक्टर राति सडकदेखि करिब १८ फिट तल खस्दा उनीहरुकै घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टरमा सबै बोलबम तीर्थयात्री थिए । रामगोपालपुर ट्राफिक प्रमुख श्याम माझीले जनाएअनुसार बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा रङ साईड मोडिएर ट्रयाक्टर सडकमुनि खाल्डोमा खसेको थियो । बाक्लो हुस्सु र अँध्यरोका कारण घटनास्थल पुगेको प्रहरीलाई घाइतेको उद्धार गर्न हम्मे परेको थियो ।

बर्दिवासस्थित ट्राफिक निरीक्षक डिल्ली मैनालीले दुर्घटनामा ७ महिलासहित ८ जना घाइते रहेको जनाए । ६५ वर्षीया मानती दवीको अवस्था चिन्ताजनक छ । घाइते सबैलाई अञ्चल असपताल जनकपुर भर्ना गरिएको छ ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु