आदर्श नेपाल भासीको २०औं साधारण सभा तथा नवौं महाधिवेशन सप्पन्न

आदर्श नेपाल भासीको २०औं साधारण सभा तथा नवौं महाधिवेशन आज सम्पन्न भएको छ । सस्थाका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेश सभाका सान्सद प्रकाश रावल प्रमुख अतिथी रहेका थिए भने कर्मचारी ट्रेड युनियनका अध्यक्ष गौराज बहादुर लिम्बु बिशिष्ट अतिथी थिए ।कार्यक्रममा वृद्ध अवस्थाका समाजका अग्रज हरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।यसैगरी रक्त दान जिवन दान भन्ने मुलानाराका साथ रक्तदान गर्ने सस्थाका सदस्यलाई समेत सम्मानित गरिएको थियो । २०५० सालमा स्थापना भएको यस सस्थाले जिल्लामा नै सबभन्दा बढी रक्तदान गर्दै आएको सस्थाका अध्यक्ष बाबुराम शर्माले जानकारी दिनुभयो । बाबुराम शर्मा यस क्षेत्रकै अग्रणी यातायात समिति महाकाली यातायात ब्यवसायी समितिको निवर्तमान अध्यक्ष समेत हुन साथै नेपाल गोजु-रियो कराते दो संघका निवर्तमान केन्द्रीय सदस्य हुन । साधारण सभाले १५ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरिएको छ । नव निर्वाचित समितिको अध्यक्षमा सस्थापक अध्यक्ष समाजसेवी लीलाध्वज बस्नेत , उपाध्यक्ष गणेश दत्त बोहरा , महासचिव सीता मल्ल , सचिव लक्ष्मी बोहरा ,कोषाध्यक्ष पृतम भण्डारी र सदस्यहरुमा आसेफ कुवर (भुन्टु) श्याम थापा ,नरेन्द्र कुवर , भगवती चौधरी सरन शाही लगायत छन । ३ जना सदस्य पछि मनोनीत गरिने सस्थाका अध्यक्ष लिलाध्वज बस्नेतले बताए ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु