सगरमाथा चढ्दै १७ महिला

नेपाल रेकर्ड कायम गर्दै यस वर्ष नेपाली १७ महिलाले सगरमाथा आरोहण गर्ने भएका छन्। ६५ वर्षको इतिहासमा नेपालभरका २६ महिलाले मात्रै शिखर चुमेकोमा यस वर्ष एकैसाथ १७ जनाले आरोहण गर्न लागेका हुन्। उनीहरू २०७५ जेठमा आरोहण गर्ने तयारीमा छन्।
सगरमाथा आरोहण गर्न ६ हजार मिटरमाथिका हिमाल आरोहण गर्नैपर्ने मापदण्ड पूरा गरी १७ जनै थप तयारीमा जुटेका छन्। गोरखाकी पूर्णिमा श्रेष्ठ, फुन्जो साङ्मु लामा, सोलुखुम्बुकी डोमा शेर्पा, पासाङ ल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्मी तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्यले आरोहण तयारी गरेका हुन्।
सन् १९५३ देखि हिमालसँग मानिसको प्रत्यक्ष सम्बन्ध जोडिए पनि आजसम्म २६ महिला मात्रै सगरमाथा चढ्न सफल भएका छन्। जापानी महिला जुनको तापेइ सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला हुन् भने सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला हुन्। २०५० सालमा आरोहण गरेकी पासाङको शिखरबाट ओर्लनेक्रममा मृत्यु भएको थियो। संखुवासभाकी लाक्पा शेर्पाले आठौंपटक सगरमाथा आरोहण गरी महिलामा सबैभन्दा धेरैपटक आरोहणको कीर्तिमान बनाइसकेकी छन्। एसियाकै पहिलो अन्तर्राष्ट्रिय गाइड बन्न सफल दोलखाकी दावायाम्जुङ शेर्पा, ओखलढुंगाकी माया शेर्पालगायतले पनि शिखर चुमिसकेका छन्।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु