प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता सम्पन्न

प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय करातेको छनौट सम्पन्न                 
 कंचनपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा १ दिवसीय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । प्रथम उपराष्टपति चिल्ड्रेन खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लाभरका विभिन्न डोजोमा प्रशिक्षण गरिरहेका खेलाडिहरुको छनोट गरिएको
सुदुरपश्चिम क्षेत्रिय प्रमुख प्रशिक्षक बिमल खडायतले जानकारी दिनुभयो। पुरुष ३० किलो तौल समुहमा बबिन कामी प्रथम भए भने मोहन कामी द्वितीय भए । ३४ किलो तौल समुहमा गोजुरियो करातेका मनिष राना प्रथम र सन्तोष भट्ट द्वितीय भए ।यसैगरी ३८ किलो तौल समुहमा असिम केसि प्रथम टेकेन्द्र कार्की द्वितीय भएको कराते प्रशिक्षक कर्म बहादुर सिंहले जानकारी दिनुभयो । महिला तर्फको छनौटमा ३० किलो तौल समुहमा मनिषा अवस्थी प्रथम र अस्तर तामाङ द्वितीय भए । ३४ किलो तौल समुहमा निर्मला धामी एकजना मात्रै भएकोमा स्वत: छनौट भईन भने ३८ किलो तौल समुहमा सरिता ऎरी प्रथम र गिता तिरुवा द्वितीय भएको प्रशिक्षक बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।
प्रतियोगितामा सितोरियो कराते र गोजुरियो करातेका खेलाडी सहभागी भएको जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताउनु भयो । उक्त प्रतियोगितामा बिमल खडायत , कर्म बहादुर सिंह , बिरेन्द्र बहादुर चन्द , डिल्ली राज सुबेदी , कृष्ण तिरुवा , नरेन्द्र गुरुङ , मदन नाथ ,जमुना बस्नेत ,बिन्दु मोक्तान लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

Comments

Popular posts from this blog

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु