कराते क्षेत्रमा चम्कदै मनिष थापा


बिजेता
मनिष थापा

काठमाडौं ,
२०७५ जेठ ११,१२गते हल्चोक काठमाडौँमा विभागीय टिमहरु, ७ प्रदेशको टिम र भारत, भुटानको समेत  सहभागी भएको 1st APF Shoto International Karate Championship मा आफ्नो बिपक्ष सबैलाई ८ अंकको अन्तरले नकाउट गर्दै थापाले फाइनल खेलमा  पनि ८-० अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । मनिष २०१७ श्रीलंकामा भएको साफ कराते प्रतियोगिताको १८ बर्ष भन्दा माथि सिनियर समुहको फाइनल खेलमा २ पटक साफमा स्वर्ण पदक बिजेता मनिषले पाकिस्थानका खेलाडीलाई ७ अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी हुन् ।

जेहेन्दार प्रतिभालाई नि:शुल्क शिक्षा दिने बालाजु कराते-डो प्रतिष्ठान,नेपालको नीति अनुसार मनिषले  स्कुल लेभल सिद्धार्थ बनस्थली इन्टरच्युट बालाजु र +२ गोल्डेन गेट कलेज काठमाडौँमा नि:शुल्क शिक्षा लिएका खेलाडी पनि हुन् । मनिष ५० के जी र -५५ केजी दुई तौल समुहमा प्रतिस्पर्धा गर्न सक्ने गरि आफ्नो तौल समान राख्ने खेलाडी पनि हुन्।   मनिषले इन्डोनेसियामा  हुने १८औं  गेममा ४ जना महिला ४ जना पुरुष नेपालले सहभागी जनाउनु पर्नेमा  कुमिते विधाको -५५ केजीमा खेल्न पाउने  अधिकार बन्चित गराइएको  थियो।

 मनिष  सामान्य परिवार बाट भएता पनि आफ्नो जिवनकालमा देशको लागि गौरव बन्न चाहान्छ्न।मनिषले आफ्नो जीवन कराते बाट नै सुरु भएको भन्छ्न।मनिषले आफू यहाँ सम्म आउनुमा आफ्नो गुरु ध्रुब बिक्रम मल्ललाई  मान्छ्न। मनिषले निकै आदरका साथ आफ्नो गुरुलाइ सम्झे गुरुको साथ अनि सहाराले म आज यहाँ सम्म पुग्न सकेको छु भन्दै आफ्नो  गुरु प्रति आभार व्यक्त गरे।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु