नेपाली टिम आज ओकिनावा प्रस्थान गर्दै

जापानको ओकिनावा सहरमा १०-१३ मे २०१८ मा हुने १७औं एशियन जुनियर तथा  यू–२१ कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली यही बैशाख २५ गते  त्यस तर्फ प्रस्थान गर्ने छ । 
  नेपालको प्रतिनिधित्व गरि चार खेलाडीले सहभागीता जनाउने छन् । श्रीलंकाको राजधानी  कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन (साफ) कराते च्याम्पियनशीपमा स्वर्ण पदक बिजेता खेलाडीहरु नविन रसाइली, राजिव पुढासैनी, एस्तर राई र विजय श्रेष्ठले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।भने प्रशिक्षकका रुपमा एशियन कराते महासंघका Accreditaion  Coach तथा बालाजु कराते डो प्रतिष्ठान,नेपालका प्रमुख प्रशिक्षक धुव्र विक्रम मल्लले सहभागी जनाउनु हुने छ l नबिन लगातार ३ पटक र राजिव २ पटक साफ  कराते स्वर्ण पदक बिजेता खेलाडी पनि हुन् ।
१७औ सस्कार सम्म आउदा पनि नेपालले एक पदक पनि जित्न सकेको छैन l  पदक जित्न सके नेपाली करातेमा नया ईतिहास बन्ने छ ,  यस पाली पदक हासिल गर्न सफल होस् । हार्दिक शुभ कामना नेपाली टोलीलाई ।
नेपाली टिमको बिदाइ कार्यक्रम  सम्पन्न 

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु