नेशनल गोजुरियोको जुनियर बेल्ट ग्रेडिङ्ग सम्पन्न



नेशनल गोजुरियो कराते दो संघ नेपाल ,शाखा कंचनपुर अन्तर्गतको  पुर्नवास नगरपालिका वडा नम्बर -०२ मोतीबस्तीमा रहेको उपशाखा दोजोको दोस्रो जुनियर बेल्ट टेष्ट ग्रेडिङ्ग शनिबार समपन्न भएको छ ।  उपशाखा दोजोका प्रशिक्षक नरेश चन्दको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा कंचनपुर जिल्लाका प्रमुख प्रशिक्षक कृष्ण तिरुवा प्रमुख  अतिथि रहनु भएको थियो भने रेफ्री  सयोजक नरेन्द्र गुरुङ विशिष्ट अतिथि रहेका थिएकार्यक्रममा मन्जित दोजोका सल्लाहकार राज कुमार गुरुङ , अभिभावक डम्मरी कुमारी सुनार , मोतीलाल सार्की , पुर्ण बहादुर तामाङ लगायतको सहभागीता रहेको थियोउक्त ग्रडिङ्गमा उत्कृष्ट हुने समीर सार्की लाई डबल प्रमोसन दिईने प्रमुख प्रशिक्षक कृष्ण तिरुवाले बताए । ग्रेडिङ्ग कार्यक्रममा दुई दर्जन भन्दा बढी खेलाडी सहभागी रहेका थिए ।

Comments

Popular posts from this blog

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु