कराते क्षेत्रमा चम्कदै मनिष थापा
बिजेता मनिष थापा काठमाडौं , २०७५ जेठ ११,१२गते हल्चोक काठमाडौँमा विभागीय टिमहरु, ७ प्रदेशको टिम र भारत, भुटानको समेत सहभागी भएको 1st APF Shoto International Karate Championship मा आफ्नो बिपक्ष सबैलाई ८ अंकको अन्तरले नकाउट गर्दै थापाले फाइनल खेलमा पनि ८-० अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । मनिष २०१७ श्रीलंकामा भएको साफ कराते प्रतियोगिताको १८ बर्ष भन्दा माथि सिनियर समुहको फाइनल खेलमा २ पटक साफमा स्वर्ण पदक बिजेता मनिषले पाकिस्थानका खेलाडीलाई ७ अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । जेहेन्दार प्रतिभालाई नि:शुल्क शिक्षा दिने बालाजु कराते-डो प्रतिष्ठान,नेपालको नीति अनुसार मनिषले स्कुल लेभल सिद्धार्थ बनस्थली इन्टरच्युट बालाजु र +२ गोल्डेन गेट कलेज काठमाडौँमा नि:शुल्क शिक्षा लिएका खेलाडी पनि हुन् । मनिष ५० के जी र -५५ केजी दुई तौल समुहमा प्रतिस्पर्धा गर्न सक्ने गरि आफ्नो तौल समान राख्ने खेलाडी पनि हुन्। मनिषले इन्डोनेसियामा हुने १८औं गेममा ४ जना महिला ४ जना पुरुष नेपालले सहभागी जनाउनु पर्नेमा कुमिते विधाको -५५ केजीमा खेल्न पाउने अधिक